एन्फा महिला लिग फुटबल प्रतियोगितामा लगातार विजयी हुँदै नेपाल एपिएफ क्लब शीर्षस्थानमा

काठमाडौँ- एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ ।

प्रतियोगितामा सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । यसैगरी आजै भएको अर्को खेलमा कोशी प्रदेशलाई ५–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा उक्लिएको छ ।

आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान २ तथा हिमा चौधरीले १ गोल गरिन् । जित पछि आर्मी ६ खेलमा १३ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.