स्याङ्जामा कृषकलाई बाख्रा उपहार

 स्याङ्जा – स्याङ्जाको काली गण्डकी गाउँपालिकाले कृषकलाई बाख्रा उपहार दिएको छ । गाउँपालिकामा सञ्चालित ‘काली गण्डकी कृति तथा पशु उद्यमशीलता विकास परियोजना’ अन्तर्गत महिलाहरूले एक आसमा बाख्रा उपहार दिएका हुन् । गाउँपालिका अन्त्रगत सञ्चालनमा रहेको हेफर प्रोजेक्ट नेपाल र सामाजिक स्रोत विकास केन्द्रको सहकार्यमा महिलालाई उद्यमशीलतामा जोड्न उपहार स्वरूप बाख्रा वितरण गरिएको पालिकाले जनाएको छ ।

पालिकाका ७ वटा वडामा १४ वटा मूल समूह र ४२ उपहार समूह गठन भएका छन् । गठन भएका समूहमध्ये जागृति समूहका १९ जना महिला सदस्यहरूले बलाम नवज्योति समूहका १९ जना महिला सदस्यलाई बीउ पाठी उपहार दिएर सुरुवात गरेका हुन ।
महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रा पालन, कृषि,बङ्गुर पालन, लगायतका काम समेत सञ्चालनमा छ । समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, बचत उठाउने र लगानी गर्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, जुका माटेको औषधि, समेत वितरण भइरहेको छ ।

बाख्रा पालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन गाउँपालिकाले बीउ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनु भयो । न्यून आय भएका महिलाहरूलाई उत्पादन जोड्न समूह मार्फत एक हजार दुई सय महिलाहरूलाई उद्यमशीलतामा जोडिएका छन् ।  परियोजनामार्फत गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ को असार सम्ममा पालिकामा १ सय ४६ वटा बाख्राको खोर निर्माण भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.