एन्फा महिला लिगमा पुलिस र संकटा विजयी
काठमाडौं – नाइजेरियन स्ट्राइकर टेमिलोप जेनिफरको चार गोल प्रेरणामा सङ्कटा क्लबले शनिवार जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरणको यात्रा कायमै राखेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सङ्कटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जितसँगै शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कायमै राखेको हो । दशरथ रङ्गशालामै शनिवार भएको दोस्रो खेलमा सम्झना लावतीको गोलमा नेपाल पुलिस क्लबले पनि वालिङ नगरपालिकामाथि २–० को जित निकाल्यो । जितसँगै पुलिस सात खेलबाट १५ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत् छ । समान खेलबाट वालिङ १२ अङ्कसहित चौथो स्थानमै छ । यो हारपछि वालिङले शीर्ष पाँचका लागि अंकदूरी बढाउने अवसर गुमायो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । दोस्रो हाफमा भने पुलिसले दुई गोल ग¥यो । ६७औं मिनेटमा पुलिस अग्रता बनाउन सफल भयो । निरु थापाको क्रसमा सम्झनाले दुई डिफेन्डरलाई छक्क्याउँदै गरेको ओभर हेड प्रहार वालिङकी गोलकिपर राधिका ओलीले भेट्टाउन सकिनन् । विदेशी खेलाडीको राम्रो साथ पाएको वालिङ खेलमा फर्कन सङ्घर्ष गरिरहेको थियो । तर, इन्जुरी समयमा उल्टै गोल सामना ग¥यो । निर्मल उपाध्यायले लेफ्ट साइडबाट गरेको क्रस बललाई वालिङका डिफेन्डरले क्लियर गर्न सकेनन् ।
उक्त बल नियन्त्रण लिँदै सम्झनाले गोल गरिन् । यससँगै पुलिसले बलियो टोली वालिङमाथि २–० को महत्त्वपूर्ण जित रच्यो । त्यसअघि सङ्कटा जितसँगै सात खेलबाट आठ अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । पाँचौँ स्थानको कोसीभन्दा सङ्कटा दुई अङ्कले पछि छ । कोसीले पनि सात खेलबाट १० अङ्क जोडेको छ । सातै खेलमा पराजित सुदूरपश्चिम अङ्कविहीन रहँदै पुछारमा छ । सङ्कटाको जितमा जेनिफरले ह्याट्रिकसहित चार गोल पूरा गरिन् । ममता पुन र पूर्णिमा हमालले समान एक गोल थपिन् । खेलको चौथो मिनेटमै जेनिफरको गोलमार्फत सङ्कटाले अग्रता लिएको हो ।
मनीषा थापामगरले राइट साइडबाट दिएको बललाई जेनिफरले हेड गर्दै जाली चुमाएकी हुन् । १२औं मिनेटमा जेनिफरले नै व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटाको अग्रता दोब्बर बनाइन् । सुदूरपश्चिमका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदैै सङ्कटाले दोस्रो गोल गरेको हो । ममता पुनले सुदूरपश्चिमका डिफेन्डरबाट बल खोस्दै मनिता तामाङलाई दिइन् । लगत्तै मनिताले दिएको लामो पास सदुपयोग गर्दै जेनिफरले दुई डिफेन्डरबीच गोल गरेकी हुन् । यससँगै पहिलो हाफमा सङ्कटा २–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा भने सङ्कटाले चार गोल थप्यो ।
५२औं मिनेटमै जेनिफरले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यसपल्ट पनि जेनिफरले मनीषा थापामगरको थ्रु पासमा गोल गरेकी हुन् । ८४औं मिनेटमा ममताले गोल गर्दै संकटालाई ४–० ले अगाडि बढाइन् । फेरि मनीषाकै उत्कृष्ट ओभर हेड पासमा गोल सम्भव भएको हो । तीन मिनेटपछि पूर्र्णीमाले गोल गर्दै संकटालाई फराकिलो जिततर्पm अग्रसर गराइन् । पुनम चेम्जोङको कट ब्याक पास सदुपयोग गर्दै पूर्णीमाले नजिकै दूरीबाट गोल गरेकी हुन् ।
इन्जुरी समयमा पेनाल्टीमार्पm सङ्कटाले छैटौँ गोल गर्दै सुदूरपश्चिमको पोस्टमा आधादर्जन गोल वर्षायो । सुदूरपश्चिमका डिफेन्डरले जेनिफरलाई पेनाल्टीबक्समा लडाएपछि सङ्कटाले अग्रता बढाउने अवसर पायो । उक्त अवसरमा जेनिफरले गोल गर्र्दैै व्यक्तिगत गोलसंख्या चार पु¥याइन् ।
प्रतिक्रिया राख्नुहोस्