फ्रान्सेली खेलाडी ग्रीजम्यानको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौ‌ं- फ्रान्सेली युवा फुटबलर एन्टोनी ग्रीजम्यानले हिजो सोमबार अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले सन्यास लिएको घोषणा गरेका हुन् ।

आउँदो २०२६ को विश्वकपमा खेल्ने चर्चा चलिरहँदा यसरी आएको घोषणाले फुटबल जगतलाई अचम्भित बनाएको छ । २०१४ देखि फ्रान्सबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल सुरु गरेका ग्रीजम्यानले २०१६ को युरोकपमा फ्रान्सलाई फाइनलमा पुर्‍याउँदै ‘टप स्कोरर’ ‘वेष्ट प्लेयर’को अवार्ड जितेका थिए ।

सन् २०१८ को वर्ल्डकपमा कोष्टारिकालाई पछि पार्दै फ्रान्सलाई विश्वकप विजेता बनाउँदा उनको मुख्य भूमिका रहेको थियो ।

हाल उनी लालिगा क्लब अन्तर्गत एट्लेटीको मेड्रिडमा आक्रमक मध्यपंक्तीका खेलाडीका रुपमा खेलिरहेका छन् । फ्रान्सको राष्ट्रिय टोलीमा आवद्ध भएको दश वर्षपछि उनले अकस्मात रुपमा सन्यासको घोषणा गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.