आइसिसी टी-२० महिला विश्वकप आजबाट

काठमाडौँ- नवौं संस्करणको महिला टी-२० विश्वकप आजदेखि शुरु भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएइ)मा भइरहेको विश्वकपको पहिलो दिन आज दुई वटा खेल हुँदैछन ।
उद्घाटन खेलमा समूह बी मा रहेका बंगलादेशको महिला टोलीले स्कटल्याण्डको महिला टोलीसँग प्रतिश्पर्धा गर्दैछ ।
यसैगरी आज नै हुने दोस्रो खेलमा समूह ए का पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ ।
कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ ।
सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन् ।
समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड रहेका छन् ।
हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बंगलादेशमा हुने तय भएको महिला विश्वकप अन्तिम समयमा युएइमा सारिएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्