उद्घाटन खेलमा स्कटल्याण्डलाई बंगलादेशले १६ रनले हरायो

काठमाडौँ- नवौं संस्करणको महिला टी-२० विश्वकप आजबाट शुरु भएको छ ।

संयुक्त अरब इमिरेट्स युएइमा भइरहेको विश्वकपको पहिलो दिन आज भएको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।

समूह बी मा रहेका बंगलादेशको महिला टोलीले स्कटल्याण्डलाई १६ रनले हराएको हो।

यसैगरी आज नै हुने समूह ए का पाकिस्तान र श्रीलंकाबीच दोश्रो खेल हुनेछ ।

कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ ।

सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसअनुसार समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन् ।

समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड रहेका छन् ।

हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

बंगलादेशमा हुने तय भएको महिला विश्वकप बंगलादेशको राजनीतिक अस्थिरतापछि अन्तिम समयमा युएईमा सारिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.