गतबर्षको भन्दा दुई गुणा महँगो छ बजारमा तरकारी

गोलभेँडा प्रतिकिलो १ सय ९० रुपैयाँ

 धादिङ- गत वर्षको वडा दशैँका बेला ८० रुपैयाँ प्रतिकिलोमा बजारमा बिक्री भएको गोलभेँडाको मूल्य अहिले दोब्बर भन्दा पनि बढी भएको छ । अहिले बजारमा उपभोक्ताले १ किलो गोलभेँडा १ सय ९० रुपैयाँमा किन्नुपर्छ ।

यस्तै गत वर्ष ६५ देखि ७० रुपैयाँमा बिक्री भएको बोडीको मूल्य यस वर्ष १५० रुपैयाँ पर्छ ।

 अन्य तरकारीको मूल्य पनि यसरी नै अकासिएको छ । जसले गर्दा उपभोक्ताको भान्सा निकै महङ्गो  बनेको छ ।

गत साताको वर्षाले गर्दा हरियो तरकारीमा पनि क्षति पुगेकोले उत्पादनमा केही कमी आएपछि हरियो तरकारीको मूल्य पनि अकासिएको छ ।  

किसानले पनि गत सालको तुलनामा राम्रो मूल्य पाएको भए पनि बिचौलियालाई सरकारले नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था आएको हो । तरकारी उत्पादक किसानहरू भने अहिले पाएको मूल्यमा सन्तुष्ट नै छन ।  

सरकारले बजार अनुगमनका क्रममा तरकारीजन्य बस्तुहरू बिक्री गर्ने स्थानहरूको अनुगमन नगर्दा र मूल्य निर्धारण गर्न नसक्दा किसान र उपभोक्ता दुवै मर्कामा पर्ने गरेका हुन ।

गत वर्षको तुलनामा धादिङमा यस वर्ष हरियो तरकारीको मूल्य शतप्रतिशत महँगिएको छ ।

व्यापारीहरू भने जिल्लामा उत्पादित तरकारीले अधिकांश बिक्रीका लागि राजधानी लगिने काठमाण्डौँबाट पुनः धादिङको सदरमुकाम ल्याउनुपर्ने भएकोले महँगो पर्न गएको बताउँछन्

सदरमुकाम आसपासमा तरकारी उत्पादन कम हुने र यहाँ उत्पादन भएकोले तरकारीले बजार धान्न नसक्ने भएका कारण अधिकांश तरकारीजन्य बस्तुहरू काठमाण्डौँबाट ल्याउनुपर्ने बाध्यता रहेको व्यापारीहरूको भनाइ छ ।जसमा बिचौलियाहरूको नै चलखेल हुने गर्दछ ।

यसको नियन्त्रण गर्न र धादिङमा उत्पादित तरकारीजन्य बस्तु सिधै सदरमुकाम ल्याउन सके पनि मूल्यमा केही कमी आउने देखिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.