आइसीसी महिला टी-२०: अस्ट्रेलियाले भारतलाई ९ रनले हरायो

काठमाडौँ- युएईमा जारी आइसीसी महिला टी-२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको अस्ट्रेलिया र भारतको खेलमा अष्ट्रेलिया विजयी भएको छ ।

खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हराएको हो ।

अष्ट्रेलियाले जितका लागि भारत सामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा भारतले ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो।

शारजाह रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

यो खेलसँगै भारतीय टोलीको सेमिफाइनल पुग्ने आशा करिव समाप्त भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.