उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी

काठमाडौँ- साफ महिला फुटबल च्याम्पियनशीप आजदेखि शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज च्याम्पियनशीपको उद्घाटन पछि प्रतियोगिताका खेलहरु शुरु भएका हुन् ।

दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बल हस्तान्तरण गर्दै च्याम्पियनशीपको शुभारम्भ गर्नुभएको हो ।

च्याम्पियनशीपको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएकोमा पाकिस्तानलाई ५-२ गोल अन्तरले हराउँदै भारत विजयी भयो ।

पहिलो हाफमै ४ -१ गोलको अग्रता बनाएको भारत विरुद्ध खेलको दोस्रो हाफमा पाकिस्तानले थप एक गोल गरेपनि जित आफ्नो पक्षमा पार्न सकेन ।

आजको जितसँगै भारतले तीन अङ्क जोडेको छ।

नेपालले भोलि भुटान विरुद्ध खेल्दै साफ च्याम्पियनशीपको यात्रा शुरु गर्नेछ ।

च्याम्पियनशिपमा नेपालसहित सात सार्क सदस्य राष्ट्रहरुले सहभागिता जनाएका छन् ।

दुई समुहमा विभाजन गरी खेलाइएको प्रतियोगिताको पहिलो समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश रहेको छ ।

यसैगरी अर्को समूहमा आयोजक नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.