टी-२० आई सिरिजः अमेरिका विरुद्ध नेपालको सहज जीत

काठमाडौं- अमेरिकाविरुद्धको पहिलो टि-२० खेलमा नेपाल विजयी भएको छ । नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

१६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनाएको हो ।

अमेरिकाका लागि शयान जहाँगिरले अर्धशतकीय पारी खेल्दै ३४ बलमा ६० रन बनाए । यस्तै एन्ड्रिज जोशले ३०, मिलिन्द कुमारले २२ तथा जसदीप सिंहले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिकालाई पराजित गर्ने क्रममा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा रिजन ढकाल, करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् ।

दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७/२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । अब नेपालले अमेरिकामै विश्वकप लिग दुई अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.