साफ महिला फुटबल: नेपाल र भुटानले बराबरी खेले

काठमाडौँ- साफ महिला फुटबल च्याम्पिएनसिपमा आज भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका छन ।

खेलमा निरन्तर दवावमा राखेको नेपालले गोल गर्ने धेरै मौका गुमाएको थियो ।

अन्तिमसम्म पनि दवावमा रहेको भुटानले दोश्रो हाफमा भने आफ्नो खेल निकै सुधारेको थियो ।

पटक पटकको प्रयास असफल भएपछि नेपालले भुटानसँग बराबर अंक बाँडेको छ ।

समुह बी मा रहेको नेपाल र भुटानले बरावरी खेले पनि आजै भएको पहिलो खेलमा श्रीलंकाले मालदिभ्सलाई हराएर ३ अंक जोडिसकेको छ ।

हिजो भएको समुह ए को खेलमा भारतले पाकिस्तानलाई हराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.