उपाधिका लागि नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौँ – साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल आज साँझ ६:३० बजे शुरु हुनेछ ।नेपालले सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउदै फाइनलको यात्रा तय गरको हो । यसैगरी पहिलो सेमिफाइनल खेलमा भुटानलाई ७-१ गोल अन्तरले पाखा लगाउदै बंगलादेशले फाइनलम स्थान बनाएको हो ।

साफ महिला च्याम्पियनशीपको अघिल्लो संस्करणको उपाधिका लागि पनि नेपाल र बंगलादेशबीच नै प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा बंगलादेश विजयी भएको थियो ।

नेपालले हालसम्म साफ महिला उपाधि भने जित्न सकेको छैन् । अब आज बंगलादेशलाई फाइनलमा हराउदै नेपालले अघिल्लो फाइनलको बदलासंगै पहिलो पटक उपाधि जितको इतिहास बनाउने लक्ष्य लिएको छ ।

फाइनल अघिको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिम कप्तान एन्जिला तुम्बापो सुब्बाले विगतको संस्करणमा उपविजेता बनेको तितो क्षणलाई बिर्सेर यसपटक उपाधि जितेर छाड्ने बताउनुभयो ।

यसैगरी बंगलादेशकी कप्तान सवीना खातुनले नेपालसंगको फाइनल निकै प्रतिस्पर्धात्मक हुने बताउनुभएको छ ।

यसैबीच आजको फाइनल प्रतियोगिताको टिकट अखिल नेपाल फुटबल संघ एन्फा आफैंले बिक्री गर्ने जनाएको छ ।

टेन्डर प्रक्रियामार्फत माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले पाएको अधिकार दुरुपयोग गरी रंगशालाको क्षमता भन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैले फाइनलको टिकट बेच्ने निर्णय गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.