रङ्गशालाको निर्माण प्राथमिकतामा :बागमती खेलकुद परिषद्का सदस्य सचिव लामा

नुवाकोट- नुवाकोट रङ्गशालाले छिट्टै पूर्णता पाउने बागमती खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले प्रतिवध्दता जनाउनु भएको छ । निर्माणाधीन रङ्गशालाको नुवाकोटको पिपल टार लामिवगैचा पुगेर स्थलगत अनुगमन गर्दै लामाले यसलाई खेल पर्यटनसँग जोडेर निर्माण गरिनेसमेत बताउनुभयो।

विदुर नगरपालिका ५ लामिवगैचास्थित तल्लो पिपलटारमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन नुवाकोट रङ्गशाला अवलोकनका क्रममा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले खेल, जीवन र अनुशासन जोडिएका काकारण छिट्टै यसको निर्माणलाई पूर्णता दिने बताउनुभयो।  उहाँले आफूले निर्माणाधीन नुवाकोट रङ्गशालाले पूर्णता पाउने गरी काम अघि बढाइने कार्य गर्ने धारणा व्यक्त गर्नुभएको हो ।

बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन रङ्गशालाको अवलोकनका क्रममा सदस्य सचिव लामाले नुवाकोट रङ्गशालाको निर्माणले नुवाकोटलाई खेल पर्यटन प्रर्वधनको उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने भन्दै यसलाई पूर्णता दिन आवश्यक कार्य गरिने बताउनुभयो  ।

नुवाकोट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन अनुसार कुल २६ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने नुवाकोट रङ्गशालामा १३ करोड बराबरको काम भइसकेको छ । रङ्गशालाको निर्माणका सम्पन्न भएपछि राष्ट्रिय स्तरका खेल कार्यक्रमहरू यही गर्न सकिने र यो रङ्गशालालाई  मुलुककै प्रमुख रङ्गशालाको रूपमा विकसित गरिने छोस रहेको समेत सदस्य सचिव लामाको भनाइ रहेको छ ।

सो रङ्गशाला नुवाकोटको बिच भाग र सुगम स्थानमा रहेका कारण  खेलकुदका प्रतियोगिता र गतिविधिहरू गर्न सहज हुने पिपल टार युवा क्लबका अध्यक्ष उद्धव पनेरुको भनाई छ । सो स्थान पृथ्वी राजमार्गको गल्छी वाट १५ र काठमाडौँवाट ५५ किलोमिटर दुरीमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.