कुवेतलाई १ सय ८ रनले हराउँदै नेपाल विजयी

काठमाडौँ- युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा कुवेतलाई हराउँदै नेपाल विजयी भएको छ ।

आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतलाई १०८ रनले पराजित गरेको हो ।

नेपालको यो लगातार दोस्रो जित हो ।

यसअघि पहिलो खेलमा हिजो नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

१३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.