खेलले खेलाडीको  क्षमता बढाउँछ सञ्चार मन्त्री गुरुङ

स्याङजा –सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुदले  खेलाडीको प्रतिभालाई तथा क्षमता  बढाउने बताउनुभयो ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले आयोजना गरेको ”छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको उद्घाटन गर्दै गुरुङले उक्त कुरा बताउनुभयो । नयाँ सरकार बनेको ३ सय दिन भित्र सरकारले खेल जगतमा धेरै परिवर्तन गरेको बताउनुभयो । उहाँले त्रिवि क्रिकेट मैदानलाई रातिमा पनि खेल्न मिल्ने गरी सरकारले काम गरेको छ । चालु आर्थिक वर्षमा सरकारले खेलकुद विकासको लागी ३ अर्ब बजेट विनियोजन गरेको र आगामी वर्षमा ३० देखि ५० अर्ब बजेट छुट्टाउनुपर्ने र सात प्रदेश हरेक स्थानीय क्षेत्रमा खेलमैदान बनाउनुपर्ने उहाँले बताउनुभयो ।

समग्र स्याङ्जाको विकासमा निम्ति सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री गुरुङले सबै स्थानीय तहमा खेलकुदको विकासको लागी काम अगाडि बढाउनुपर्ने बताउनुभयो दुई ठुला दल सरकारको नेतृत्व गरिरहेको अवस्थामा विकास निमार्णले गति लिने समेत उहाँले बताउनुभयो  ।

काली गण्डकी गाउँपालिकाले विगत सात वर्षदेखि अध्यक्ष कप तथा काली गण्डकी खेल महोत्सव गर्दै  आएको छ ।

महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा ७ खेलका २२ विधामा प्रतिस्पर्धा हुनेछ । भने झन्डै सात सय खेलाडी सहभागी हुने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.