नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दियो
काठमाडौँ – युएईमा जारी एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । यस्तै, अभिषेक तिवारी र उत्तम मगरले २९–२९ रन जोडे ।
बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २–२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १–१ विकेट लिए ।
यसअघिको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्