नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौँ- एसियाली क्रिकेट काउन्सिल एसिसी अन्तर्गत पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो ।
यसअघि संयुक्त अरब इमिरेट्सको दुबाईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् ।
त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए ।
त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई/दुई विकेट लिए ।
साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक/एक विकेट लिएका थिए ।।






प्रतिक्रिया राख्नुहोस्