नेपाल र अफगानिस्तानबीचको खेल जारी
काठमाडौँ- युएईमा जारी यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य पच्छाएको नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।
अफगानिस्तानका दुबै जना ओपनर कुनैपनि रन बनाउन नसकी शून्य रनमा आउट भएपछि फैजल शिनोजादाले ५२ रन बनाएका थिए । नेपालका लागि युनिश ठकुरी र सन्तोष यादवले ३-३ र तथा हेमन्त धामी र अभिशेख तिवारीले २-२ विकेट लिएका थिए ।
प्रतियोगितामा समुह बीमा रहेको नेपालले हालसम्म खेलेका २ वटा खेलमध्ये दुबै खेलमा पराजित भएको छ ।
श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै नेपालसमेत रहेको समुह बीमा नेपाल अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । अफगानिस्तान अन्तिम स्थानमा रहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्