काठमाडौँलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमले दर्ता गर्‍यो दोश्रो जित

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हराउँदै लगातार जित दर्ता गराएको हो ।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ ओभर ५ बल खेल्दै ९४ रनमा समेटियो ।

काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् ।

यसअघि सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ रन बनाउन सफल भए । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो ।

यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो ।

यसअघि आजै बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

आजै भएको पहिलो खेलमा पोखरा एभेञ्जर्सलाई सात विकेटले हराउदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित गर्यो । जितका लागि पोखराले दिएको एक सय ३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । .ज

नकपुरका लागि श्रीलङ्कन खेलाडी मिलान्थाले ४५ रन बनाए । यस्तै जेम्स निसमले अविजित ४० रन बनाउन सफल भए ।

जनकपुरले यसअघि यसअघि उद्घाटन खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हराएको थियो ।

पाखराको भने यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.