वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको छ

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेकोमा धन्यवाद दिए:सभापति देउवा

विराटनगर- नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउबाले राजनैतिक स्थायीत्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धन बनाइएकाले यसलाई २०८४ सम्म निरन्तरता दिइने बताउनु भएको छ ।

विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउबाले वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले नेपालले कुनै पनि मुलुकसंग ऋण लिन नहुने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेकोमा आफूले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको जानकारी दिनुभयो । सभापति देउबाले वडा वडामा पार्टी संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै प्रदेश सम्मेलनबाट आएका सुझाव र मार्गदर्शनहरुलाई केन्द्रिय समितिमा लगेर छलफल गराइने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संसोधनको प्रक्रिया शुरु भईसकेकोले भ्रम छर्ने कार्य नगर्न विपक्षी दलहरुलाई आग्रह गर्नुभयो । उहाँले बिआरआईको सम्झौता बारे अनावश्यक भ्रम र आक्षेप आएकाले संसदमा लगेर छलफल गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागि केन्द्रिय नेताहरुले पार्टी एक जुट र एकतावद्ध बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशमा रहेका १४ जिल्लाका प्रदेश समिति सदस्यहरुको सहभागिता रहेको सम्मेलनमा आर्थिक, राजनैतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गरिने प्रदेश सभापति उद्धव थापाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.