कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा जारी छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा कर्णालीले सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन जोड्यो ।
उसका लागि जिशन मक्शुदले ३०, विलियम बोसिस्टोले १६, बाबर हायतले १३, चाडविक वाल्टन र सोमपाल कामीले ११–११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका हरमित सिंहले तीन, दिपेन्द्र सिंह ऐरी र स्कट गुगलाइनले दुई–दुई तथा सैफ जइबले एक विकेट लिए ।
प्रतिक्रिया राख्नुहोस्