यू-१९ : श्रीलङ्काविरुद्ध टस जितेर नेपालले बलिङ गर्दै

काठमाडौं –  मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’अन्तर्गतको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेको छ ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी छिन् ।

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो । समूह ए बाट बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेको हो ।

पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंकाविरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.