नेपाल ओलम्पिक किमिटीको निर्वाचन प्रकिया स्थगित
काठमाडौँ- विशेष साधारण सभा बोलाएर निर्वाचनको तयारी गरिरहेको नेपाल ओलम्पिक किमिटीको निर्वाचन प्रकृया रोकिएको छ ।
कार्यतालिका अनुसार नयाँ कार्यसमितिका सदस्यको शनिवार हुने निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर विशेष साधारण सभा रोक्न अदालतले दिएको आदेश अटेर गरेको भन्दै सातदोबाटस्थित ओलम्पिक किमिटीको भवन बाहिर तैनाथ प्रहरीले प्रवेश रोकेपछि मनोनयन हुन सकेन ।
ओलम्पिक कमिटीको विशेष साधारणसभाले नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गर्दै अध्यक्ष र महासचिवले अब ४ पटकसम्म उम्मेदवार बन्न पाउने प्रावधान राखेको थियो। विधान संशोधन रोक्न अदालतले दिएको आदेश विपरित ओलम्पिक कमिटिले विधान संशोधन गर्दै निर्वाचन प्रकृया अघि बढाएको थियो ।
अदालतको आदेश अवज्ञा गर्दै निर्वाचन प्रकृया अघि बढेपछि चुनाव रोक्न राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दिएको थियो ।
अदालत र खेलकुदको कार्यकारी निकायलाई बेवास्ता गर्दै ओलम्पिक कमिटिको चुनावी प्रकृयामा अघि बढेपछि अदालतको आदेश कार्यान्वयन गर्न भन्दै प्रशासनले ओलम्पिक कमिटिमा हस्तक्षप गरेको जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्