काठमाडौँको सितापाइलास्थित मिलन टोलमा नयाँ ध्यान केन्द्र
काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ४ स्थित मिलन टोल मामाघरमा ‘मनोक्रान्ति जीवन दर्शन’ तथा ध्यान केन्द्र संचालनमा ल्याइएको छ ।
विश्व ध्यान दिवसको सन्दर्भ पारेर योगी पूर्णानन्दले सो ध्यान केन्द्र संचालन गर्नुभएको हो ।
ध्यानकेन्द्रमा हरेक दिन विहान साउण्ड हिलिङ पद्दतीबाट उपचार, ”रेकी उपचार’, कुण्डलिनी जागरण र सम्पूर्ण योग तथा ध्यान लगायतका कार्यक्रम हुनेछन ।
सो केन्द्र उद्घाटन समारोहमा योगी डा हरिप्रसाद पोखरलले ध्यान र योग फरक कुरा भएकोले यसलाई बुझाउन र विश्वव्यापीकरण गर्न जरुरी भएको बताउनुभयो । उहाँले यस्ता ध्यान केन्द्रले आम मानिसको बढ्दो तनावलाई व्यवस्थापन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले आफ्नो अनुभव साँट्नुहुँदै ध्यान र योगले आफ्नो पारिवारिक खुशी फर्किएको बताउनुभयो ।
कार्यक्रममा योगी पूर्णानन्दले यो ध्यान केन्द्रमार्फत सर्वसाधारणको मानसिक र शाररिक तनावलाई कम गराउन सहयोग पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा ‘मामाघर मनोक्रान्ति जीवन दर्शन’ तथा ध्यान केन्द्रका संरक्षक अच्युतराज गौतमले ध्यान र योगलाई हामी सबैले नियमित अभ्यास र जीवनशैली बनाउन सके सरल र सुखी जीवन बाँच्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
पतञ्जली योग तथा ध्यानकी नागर्जुन नगरपालिका प्रमुख रश्मी नेपाल गौतमले शरिरलाई स्वस्थ र फुर्तिलो राख्न सबै उमेर समूहका मानिसलाई योग र ध्यान महत्वपूर्ण अभ्यास भएको अनुभव सुनाउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्