पीएसबी: कानून र कर्मचारी समायोजनको विषय मुल प्राथमिकतामा

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण संस्थामा नेपाल टेलिभिजन र रेडियो नेपाललाई रुपान्तरण गरेसँगै यसको मर्म र भावना बमोजिम काम अघि बढेका छन ।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले पीएसबीको मर्म पुरा गर्न  परिणाम दिने गरी जनताकेन्द्रित विषयवस्तु उत्पादन गर्नतर्फ लाग्न दुबै निकायका संचारकर्मी र कर्मचारीहरुलाई सुझाव दिनुभएको छ।

नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाको नव निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रममा अध्यक्ष डा विष्टले पीएसबीसँग जोडिएका नियमावली, विनियमावली र कर्मचारी समायोजनका विषय समय सापेक्ष रुपमा दुवै निकायको हित हुनेगरी काम गर्न आफू प्रतिबद्ध रहेको र संचारकर्मीहरुले पनि कार्यशैलीमा सुधार गरी परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले पीएसवीलाई मुल भावना अनुसार अगाडि लैजाने र विषयवस्तु उत्पादनसँगै श्रमको सुरक्षा, सम्मान र श्रमजिवीको हकहितमा सहकार्य गरेर अगाडि बढ्न महासङ्घ तयार रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.