एनपीएल बिजेता जनकपुर बोल्ट्सलाई सिरहामा स्वागत

सिरहा-नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली जनकपुर बोल्ट्सले सोमबार सिरहामा विजय उत्सव मनाएको छ ।

बोल्ट्सले सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाएको हो ।

बोल्ट्सका खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौं समर्थकहरू थिए ।

यसअघि शुक्रबार पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो ।

फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.