सुन र चाँदीको मूल्य बढ्यो
काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बढेको छ । आज बिहिबार सुनको मूल्य ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आजको बजार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्