बजेट निर्माण प्रक्रियामा प्रदेश सभा सदस्यहरूको अर्थपूर्ण सहभागिता आवश्यक: सभामुख घर्ती

बुटवल- लुम्बिनी  प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बजेट निर्माण प्रक्रियामा प्रदेश सभा सदस्यहरूको सार्थक सहभागिताले बजेट  कार्यान्वयनमा सहजता आउने बताउनु भएको छ ।

सरकारले ल्याउने बजेटमा सदस्यहरूको अर्थपूर्ण  सहभागिता भयो भने बजेट कार्यान्वयनमा समेत प्रभावकारिता देखिने उहाँले बताउनु भयो ।

दलित महिला महासङ्घ नेपालको आयोजनामा बुटवलमा भएको वार्षिक बजेट  र योजना प्रक्रियामा प्रदेश  सभा  सदस्यहरू र भौतिक पूर्वाधार विकास मन्त्रालय बिच अन्तरक्रियात्मक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  “सरकारले बनाएको बजेट  जस्ताको तस्तै पारित गर्नुपर्ने  अवस्था को अन्त्य गर्नु पर्ने बताउनुभयो  । सभामुख घर्तीले कानुन  निर्माणमा केन्द्रित हुन प्रदेश सभा सदस्यहरूलाई सुझाव दिनु भयो । उहाँले सांसदले  नै बजेट  बनाउने  गरी संसद् बजेट अफिसको अभ्यास  सुरु गर्न लागिएको बताउनु भयो ।  सभामुख घर्ती मगरले बजेट निर्माणमा मन्त्रीहरूको कार्य शैलीले प्रदेश सभाका सदस्यहरू चिन्तित भएको भन्दै बजेट निर्माणमा आवश्यक छलफल बहस  र प्राथमिकरण जरुरी रहेको बताउनु भयो । कार्यक्रममा भौतिक  पूर्वाधार विकास समितीका  सभापति रामजी प्रसाद घिमिरेले बजेट निर्माण  प्रक्रियामा सदस्यहरूको भूमिकालाई बढाउन समितिले प्रयास र पहलकदमी लिएको बताउनु भयो । उहाँले विनियोजित बजेटको कार्यान्वयनको अवस्थाको अनुगमनको कार्य गरी सरकारलाई सुझाव दिएको बताउनु भयो ।

मन्त्रीमन्त्री  भगवती अधिकारीले प्रक्रिया  पूरा गर्न मात्र बजेट सभामा लैजाने परिपा टि अन्त्य गरिनु पर्ने बताउनु भयो । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले जनताको चाहना र मागलाई सम्बोधन गर्न बजेट निर्माणमा माननीयहरूको सहभागी आवश्यक रहेको बताउनु भयो ।

भौतिक पूर्वाधार विकास निर्देशनालयका निर्देशक गोविन्द प्रसाद खनालले  गुरुयोजना तयार गरेर काम गर्नु पर्ने बताउनु भयो । त्यसको लागी प्रदेश सभा सदस्यहरूको सहभागितामा छलफल सुरु गरिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.