साताको अन्तिम दिन आज घट्यो सेयर बजार, कारोबार रकममा भने वृद्धि

काठमाडौं- साताको अन्तिम दिन आज नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ६ दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक १८.१४ अंक घटेर २६३५.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ७३ हजार ३०९ पटकको कारोबारमा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बाराही हाइड्रोपावर पब्लिक र हिमालयन पावर पार्टनरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, यस दिन रिभरफल्स पावर र न्यादी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सुपर मादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी, यस दिन सिनर्जी पावर डेभलपमेन्टको २८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिन्धु विकास बैंकको २५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशत घटेको छ ।

त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.