इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि आर्मीलाई
काठमाडौँ- त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ।
आज भएको उपाधि भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउदै आर्मी उपाधि जितेको हो ।
फाइलनमा खेलमा आर्मीले पुलिस माथि १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले जित दर्ता गर्यो । फाइनल प्रतिस्पर्धाको पहिलो सेट पुलिसले सजिलै जितेको थियो । दोस्रो सेट आर्मीले जित्दा तेस्रो सेट पुनः पुलिसले आफ्नो बनायो ।
त्यसपछि भएका निकै प्रतिस्पर्धात्मक दुई सेट जित्दै आर्मीले प्रतियोगिताको उपाधि आफ्नो बनायो । उपाधिसगै आर्मीले ट्रफी र ७ लाख रुपैंया पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले ३ लाख ५० हजार रुपैंया पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो भयो ।
भारतको गुराजत भलिबल एसोसिएसन नखेलेपछि मणिमुकुन्दलाई तेस्रो घोषित गर्दै एक लाख ७५ हजार रुपैयाँ र चौथो बनेको गुजरात भलिबल एसोसिएसनलाई एक लाख रुपैंया पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा नेपाल र भारतका आठ टोलीले सहभागिता जनाएका थिए ।।
प्रतिक्रिया राख्नुहोस्