सुन, चाँदीको मूल्य बढ्यो

काठमाडौं- नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, गत शुक्रबार तोलाको १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.