नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

काठमाडौँ–  मलेसियाका जारी आइसिसी यु–१८ महिला टी–२० विश्वकपमा खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । जितका लागि ५३ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १८.२ ओभरमा सवै विकेटको क्षतिमा ५२ रनममा समेटिएको थियो ।

बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन ।

बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिए ।

नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन भने अलिशा यादवले चार रन बनाइन । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीन/तीन रन बनाउँदा रिया शर्मा पाँच रनमा नटआउट रहिन् ।

बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक÷एक विकेट लिए ।
नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।

आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.