डोटीमा विवाह भोज खाएका ९० जना बिरामी

डोटी- डोटीको आदर्श गाउँपालिका-१ टाँगमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन् । स्थानीय नरबहादुर विककी छोरीको विवाहमा सहभागी भएकाहरूमा स्वास्थ्य समस्या देखिएको हो ।

भोज खाएका व्यक्तिहरूमा ज्वरो, वान्ता, रिंगटा, पखाला र बेहोस हुने समस्या देखिएको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिनुभयो ।

बिरामी ३० जनाको शनिबार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको छ । उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टरसहित १३ जनाको स्वास्थ्य टोली खटिएको छ । अधिकांश बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीको उपचार जारी रहेको छ ।

विवाहको भोजमा खाइएको सुजी (हलुवा) का कारण यस्तो समस्या देखिएको अनुमान गरिएको छ । बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ ।

बिरामी भएको जानकारी पाएपछि प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दको नेतृत्वमा ७ जनाको प्रहरी टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.