बनारसीधाममा ऐतिहासिक कोटीहोम
अति रुद्राभिषेक अष्टोत्तरशत भागवत महायज्ञको तयारी गरिदै
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/4e86de49-95a6-4c5b-97e3-622b1cd517ac.jpg)
बैतडी- बैतडीको बनारसी धाममा सहस्त्रचण्डी कोटी होम १ सय ८ श्रीमद्भागवत महापुराण अति रुद्राभिषेक तयारी सुरु भएको छ ।
बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन नगरपालिका–३ मा पर्ने बनारसी धाम विश्वनाथ परिसर सरयू गोमतीको सङ्गम क्षेत्रमा सहस्त्रचण्डी कोटी होम १०८ भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन, ५ हजार ५ सय ५५ शालीग्राम सिला पूजन, ४ हजार ४ सय ४४ कलश पूजन, १ सय ८ अखण्ड रामायण पाठ पारायण, गायत्री महामृत्युञ्जय पुरश्चरण, आत्म महापुराण,बिष्णुधर्मोत्तर पुराण वाशुकी पुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चार वेद मृदंग पाठ प्रत्येक दिन सवा लाख दीप प्रज्वलन गरी आरती गर्ने र गङ्गा सङ्गममा चारपल्ट महा आरती गरिने साथै विविध पाठ पारायणको आयोजना गर्ने विषयमा समितिमा छलफल भएको हो ।
साथै अति रुद्राभिषेक यज्ञ १४ हजार ६ सय ४१ आवृत्ति, शतपत ब्राह्मण पाठ पारायण, शिवपञ्चाक्षरी मन्त्र सवालाखजप, वैदिक नवग्रह मन्त्र सवा लाख जप, बास्तु मन्त्र सवा लाख जप, पाञ्चायन देवता सम्बद्ध बैदिक मन्त्रको सवा लाख जप, पाञ्चायन देवता सम्वद्ध अथर्वशिर्ष पाठ १ हजार १ सय ८ , श्रीमद्भगवत्गीतापाठ १ हजार एक सय ८ पाठ, श्रीशिवसूक्त पाठ ११ सय ११, श्रीसूक्तपाठ, ११ सय ११, श्रीपुरुष सूक्त पाठ, ११ सय ११, श्रीकनकधारास्तोत्र पाठ ११ सय ११, श्रीबटुकभैरवस्तोत्र पाठ ११ सय ११, श्रीविष्णुसहस्रनाम पाठ ११ सय ११, शिवमहिम्न पाठ ११ सय ११, शिव ताण्डव स्तोत्र पाठ, ११ सय ११, नवग्रहसम्वद्ध सूक्त, स्तोत्र आदिको पाठ, अभिषेक, जप, हवन सबैको दशांशहवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, गोदान, तुला दान, ८४ सिद्ध पूजन, ६४ लिङ्गतोभद्र पूजन सामूहिक व्रतबन्ध, पञ्चायनमहापुराण, शिवलाई प्रधान मानी शिव महापुराण, गणेश महापुराण, विष्णु महापुराण, श्रीमद्देवीभागवतमहापुराण, सूर्य पुराण, साम्ब पुराण, कालिका पुराण,स्कन्द महापुराण, पद्मपुराण, मानस खण्ड, हिमवत्खण्ड, नेपालमहातम्य, महाकाल संहिता पाठ परायण आदि विविध कार्यक्रमको वैदिक पद्धति अनुसार उचित उत्तम शुभ साइतमा सम्पन्न गरिने ज्योतिषाचार्य पण्डित गणेश पन्तले बताउनुभयो।
बनारसी धाम विश्वनाथ सेवा समाजका अध्यक्ष उत्तर बहादुर चन्दको अध्यक्षतामा कार्तिक २० गते मङ्गलवार बसेको बैठकले स्रोत साधन र समय अनुसार आर्थिक अवस्था हेरी उपयुक्त हुने धार्मिक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय सबै पक्षको अवस्था हेरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
ऐतिहासिक अती रुद्राभिषेक धनधान्याञ्चल विश्व विराट सङ्गीतमय ज्ञान महायज्ञ कोटी होममा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत् गुरु अनन्त श्री विभूषित श्री बाल सन्त मोहन शरण देवाचार्य महाराज श्री जी, वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, ऐतिहासिक पशुपति कोटी होमका धार्मिक प्रवक्ता व्यासाचार्य राजानन्द माण्डव्य गुरु, वाचन सम्राट् पण्डित भिमकान्त भागवत, वरिष्ठ आध्यात्मिक समदर्शी आचार्य चन्द्रकान्त पौडेल, कथा वाचक स्वामी अर्जुनकृष्ण दाशजी महराज, ज्योतिषाचार्य भागवत कथा व्यास मोहनचन्द्र जोशी भम्केनीधाम, मान खण्डका मूर्धन्य विद्वान आर्चाय पण्डित घनश्याम लेखक मानस खण्ड पञ्चाङ्गकार, हिन्दु जागरण नेपाल अभियान कास्की पोखराका अध्यक्ष नरहरि गौतम, संस्कृतविद् आचार्य कृष्ण, भागवत वाचक किरण लामगादे, ज्योतिषी पण्डित अर्जुन कालिकोटे, वास्तुविद् लक्ष्मण रसाइली, संस्कृतविद् लेखराज गुरु, ध्रुवराजलुईटेल, चितवनबाट धार्मिक अभियन्ता कर्ण विश्वकर्मा, सुभाष ढकाल, नेपालगन्ज बाँकेबाट कौशल धामी बाबा, जापानबाट राजेन्द्र भुसाल, साउदीबाट श्रीहरि विश्वकर्मा, अमेरिकाबाट शोभाकान्त ढकाल , आष्ट्रेलियावाट, मनोज तिमिल्सिना लगायत साधु सन्त महन्त त्रिदण्डी स्वामी ब्रह्मचारी मठाधीश पिठाधीश मण्डलेश्वर महामण्डलेश्वर आदि देशभरका गुरुहरू, दक्षिण भारतबाट पाँच जना ब्राह्मण, १ सय ८ जना भागवताचार्य गुरु, २५ जना विद्वान प्रवचनकर्ता गुरु र ११ जना काशि बनारसबाट शीर्ष मूर्धन्य विद्वान गुरु, विन्द्रावनबाट सात जना गुरु लगायत अन्य देश विदेशका हिन्दु धर्मावलम्वीगुरूहरूलाई समेत निमन्त्रणा गर्ने विषयमा उच्च स्तरीय विशेष छलफल भइरहेको समितिका पदाधिकारीहरूले बताउनुभयो।
बनारसीधाम क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक भौतिक एवं आर्थिक समग्र पक्षको विकासका लागि धार्मिक अनुष्ठान महायज्ञ सञ्चालन गर्ने तयारी थालिएको सेवा समाजका अध्यक्ष चन्दले बताए।मुख्य पुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणिक ऐतिहासिक एक मात्र विभेदरहित क्षेत्र रहेको विषयको देशभर सन्देश दिने समेत कार्यक्रमको उद्देश्य रहने बनारसी धाम विश्वनाथ सेवा समाजका सदस्य धनी दत्त भट्टले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रूपमा चिरपरिचित बनारसी धाममा कस्तो खालको धार्मिक अनुष्ठान गर्ने विषयमा १५ दिनभित्र सुझाव सल्लाह दिन सम्पूर्ण भक्तजन, हिन्दु धर्मावलम्बीहरूमा अनुरोध गरिएको समाजका सदस्य गोपालसिंह भाटले बताए। धामलाई तीर्थस्थलको रुपमा विकास गर्ने यहाँका सम्पूर्ण जनप्रतिनिधि, राजनितीक दल तथा स्थानीय समुदाय, धर्म प्रेमी, समाजसेवी, बुद्धिजीवीहरूलाई सल्लाह र सहयोगका लागि उपाध्यक्ष मनि राम कोलीले अपिल गर्नुभएको छ ।
हरेक वर्षको माघ शुक्लपक्षको शैल्य दशमीका दिन बनारसी धाममा विशाल मेलाका साथै पूजा लाग्ने गर्दछ । साउने मेला, मकर मेला, गंगादशहरा मेला, कोटिहोम मेला, अक्षय तृतिया मेला, विभिन्न पर्वहरुमा पर्व पूजा,महास्नान महारुद्राभिषेक,जात्रा, उत्सव, नित्य पूजा गंगास्नान, श्राद्ध तर्पण आदि भई रहने धामका धार्मिक प्रवक्ता ज्योतिषी पण्डित गणेश प्रसाद पन्तले बताए । पौराणिक मान्यताअनुसार द्वापर युगमा खरर्परासुर ९खपरे० बाणाशुर, भष्माशुर अन्धकार काल यवन लगायतका महा भयानक दैत्य दानव र देवताबिच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर आफ्नो १०० मनको गदा (गुर्ज) प्रहार गरी वध गरेको र त्यसै दिनदेखि देवताहरूले सर्वसम्मतिबाट स्वावासीदिँदै २२ तालको रूपमा नामकरण गरेको किम्बदन्ती छ । २२ वटा रूप धारण गर्ने श्मशान वास भएको मसानी देवताको रूपमा पनि रहेको इतिहासका जानकारहरू बत्ताउँछन् । सबै देवताको आधा शक्तिको रूपमा रहेका बनारसी देवता ८४ सिद्ध १६ शिवालय र १२ मसानका गुरु समेत रहेका संसारकै श्रेष्ठ तीर्थस्थलमा गणना भएको विश्वनाथ नगरीलाई धर्म गुरुहरूले मान्यता दिएका छन् । श्मशान घाटको नदिको त्रिवेणी सङ्गम उत्तर पश्चिम किनारमा मूल स्थान रहेको छ ।
शास्त्र पुराणमा भने ज्योतिर्लिङ्गको रूपमा रहेको सदाशिवको मूल स्थान भनेर वर्णन गरिएको छ । अनादिकाको पौराणिक, ऐतिहासिक शास्त्रसम्मत तीर्थस्थलको संरक्षण सम्बर्धन गर्नु हामी सबैको कर्तव्य हो । यज्ञ गर्दा संस्कृतिमाथि कुनै पनि किसिमको विवाद, वाधा, अड्चन नआउने, परम्परा, देशाचार, कुलाचार र शास्त्र चार समेतलाई मध्यनजर गरी महायज्ञ सञ्चालन गरिने वडा अध्यक्ष एवं सेवा समाजका सचिव करुणा कर भट्टले बताउनुभयो ।
२२ वटा तालको जलबाट अति रुद्राभिषेक गरिने हुँदा सम्पूर्ण कन्याकुमारी तथा मातृशक्तिलाई सल्लाह सुझावको लागि आग्रह गर्नुपर्ने कुरा महिला सदस्य लक्ष्मी भाटले वताउनुभयो ।
श्री वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर सित सम्बन्धित सबै मडाल सिमडा भूमिराज, सैनदेउ,सहस्त्रलिगं र बनारसीका वरिपरि रहेका सम्पूर्ण मन्दिरका सबै कर्मचारीलाई छिटै सुझाव सल्लाह र वार्ड नं।२, ३, ४, ६,८ र ९जनप्रतिनिधि तथा सम्पूर्ण धार्मिक समितिका पदाधिकारी,सम्पूर्ण सदस्यहरू आ–आफ्नो क्षेत्रबाट छिटै सुझाव सल्लाह एवम् जानकारी गराउन हुन वनारसी धामका मूल पुजारी तथा सदस्य धिरे लुहारले बत्ताउनु भयो ।
परम्परागत इतिहास बँचाउने पुरानो परम्परा सम्वन्धी सम्पूर्ण कार्य कसरी गर्ने भन्ने सन्दर्भमाकृति चन्दर गोपाल सिंह विष्टले इतिहास तथा परम्पराको खोजखबर तथा अनुसन्धान गर्नुपर्ने कुरा वताउनु भयो। यसै गरी आर्थिक भौतिक अवस्था तथा समय अनुकूल हुने गरी यज्ञ गर्नुपर्ने राजेश विष्ट लगायत समितिका सबै सदस्यहरूले समय अनुकूल अवस्था हेरी महायज्ञ गर्नुपर्ने वताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्