पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

काठमाडौं- पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुनुभएको छ।

भ्रमण वर्ष उद्घाटन गर्न  पटका पडकाउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको हो ।

उद्घाटन कार्यक्रमको प्रत्यक्षदर्शीको रुपमा रहेका पत्रकार विष्णुकान्त घिमिरेका अनुसार पटका पड्किएर नसक्दै बेलुन आएपछि आगो लागेको थियो।

त्यही बेला प्रमुख अतिथिको रुपमा रहनु भएका अर्थमन्त्री पौडेल र सभापतिको रुपमा रहनु भएका मेयर आचार्यको गालामा आगोको झिल्काले पोलेको थियो। अहिले उहाँहरुको  नजिकको अस्पतालमा सामान्य उपचार भइरहेको छ।

प्रमुख अतिथि र सभापति घाइते भएपछि केही समय भाग दौडसमेत भएको थियो। अहिले उहाँहरु उपचारमा रहेको र कार्यक्रम स्थलमा शुभकामना मन्तव्य सुरु भएको पत्रकार घिमिरेले जानकारी दिनुभयो।

उद्घाटन समारोहमा दिप्रज्वलन गरिएको थिएन। विद्युतीयमार्फत उद्घाटन गरिएको कार्यक्रममा  पटका पड्काउने र बेलुन उडाने कार्यक्रम थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.