शहीद दिवसको अवसरमा युनाइटेड युथ क्लवले गर्‍यो दौड प्रतियोगिता

ललितपुर- शहीद दिवसको अवसर पारेर ललितपुरको युनाइटेड युथ क्लबले खुला दौड प्रतियोगिताको आयोजना गरेको छ ।

देश र जनताको लागि ज्यान आहुती दिने वीर शहीदहरूले गरेको त्याग र बलिदानलाई सम्मान एवं स्मरण गर्दै ललितपुरको ग्वार्को चोकदेखि महालक्ष्मी नगरपालिकाको लुभु चोकसम्म करिव ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरिएको हो । 

सो दौड प्रतियोगितामा मिणमर सिन्जी तामाङ प्रथम, अजित कुमार यादव द्वितीय र नरेन्द्र सिंह रावत तृतीय भएका थिए । 

करिव ३ सय जनाको सहभागिता रहेको सो दौड प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.