नेपालको लगातार तेश्रो हार

काठमाडौँ- महिला त्रिकोणात्मक टी-२० आई सिरिजको आजको खेलमा पनि नेपाल पराजित भएको छ।
नेपाल आजको खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो ।
नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् ।
सम्झना खड्काले २३ रन जोडिन ।
नेपालका सिता रानामगरले ५, मनिषा उपाध्यायले २ र कविता जोशी र इन्दु वर्माले १/१ विकेट लिए ।।
प्रतिक्रिया राख्नुहोस्