महिला टी–२० सिरिज: नेपालको लगातार पाँचौँ हार

काठमाडौँ –  राजधानीमा जारी महिला टी–२० सिरिजमा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ । त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो ।नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित ९८ रन बनाईन् । उनले११ चौका र २ छक्का प्रहार गरिन् । त्यसै गरी, फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले अविजित अर्धशतकिय पारी खेलिन् । पूजाले ५१ बलमा पाँच चौकासहित ६२ रन जोडिन् । यस्तै, कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् ।

नेदरल्याण्ड्सका आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १र१ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.