महिला टी–ट्वान्टी:नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य

काठमाडौँ –  महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर ८१ रन जोडेको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् भने कविता जोशीले १४ रन बनाइन् । यस्तै राजमती ऐरीले ११ रन बनाउँदा कप्तान इन्दु बर्माले १० रनको योगदान दिइन् ।

जारी प्रतियोगितामा नेपाल पाँच खेलमा जीतविहिन छ । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्यान्ड भने यो खेल जितेर उपाधि जित्ने लक्ष्यमा छ । थाइल्यान्डले पाँचमध्ये ४ खेल जितेको छ भने अर्को टोली नेदरल्यान्ड्सले ६ मध्ये ४ खेल जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.