रुपन्देही सुपर लिगको उपाधि वेष्टन क्रिकेट क्लबलाई

भैरहवा- वेष्टन क्रिकेट क्लबले २३ औँ संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रो पटक सुपर लिगको उपाधि हात पारेको हो । उपाधिसँगै वेष्टर्नले नगद १ लाख १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरको खेलमा ४० ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय २५ रनको बलियो योगफल खडा गर्याे । उसका लागि नरेन साउदले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै, देव खनालले ४६, सन्देश थापाले २२, रञ्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रनको योगदान दिए । बलिङमा लुम्बिनी खुकुरीका अजय कुमार चौहानले ५, भुवन कार्कीले २ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १–१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरी ३८ ओभरमा १ सय ८६ रन बनाउँदा अपआउट भयो । उसका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजय कुमार चौहानले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । फाइनलमा अलराउण्ड प्रदर्शन गरेका नरेन साउद म्यान अफ द फाइनल भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेछन् ।
रुपन्देही क्रिकेट सङ्घको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा वेष्टर्नका देव खनाल म्यान अफ द सिरिज भई १५ हजार रुपैयाँ पाएका छन । यस्तै, वेष्टर्नका अभिशेष गौतम वेस्ट बलर, न्यु होराइजनका निश्चल ज्ञवाली वेस्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदीयमान खेलाडी घोषित भए ।






प्रतिक्रिया राख्नुहोस्