पुरानै लयमा फर्किदै मुलकोट (फोटो फिचर)

सिन्धुली- बाढीको वितण्डाले कुरुप बनाएको सिन्धुलीको मुलकोट पुरानै लयमा फर्कंदै गएको छ । बाढीले पुरेको पाँच महिनापछि सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मा अवस्थित पर्यटकिय क्षेत्र मुलकोट बजारका ठुला होटल तथा रिर्सोट सुचारु हुन थालेको छ ।

गत असोजमा आएको बाढीले पुरेको क्वालिटीबिच रिर्सोटसहित मुलकोटका दर्जनौ होटल तथा रिर्सोट पुन व्यसायीलेसञ्चालन ल्याएसँगै मुलकोट तंग्रिदै गएको हो ।

काठमाण्डौबाट ९० किलोमिटर दुरीमा पर्ने मुलकोट बजारमा पुरिएका होटलहरु धमाधम स्थानिय व्यवसायीले करोडौं लगानी गरेर खुलाउन थालेका छन् । मुलकोटमा झन्डै पचास बढी होटलहरु छन् ।

पछिल्लो समय होटल हबकै रुपमा विकसित हुँदै गएको मुलकोटलाई बाढीको बज्रपातले कुरुप बनाएको थियो । विपी राजमार्गको निर्माण पश्चात पर्यटकको रोजाईमा परेको मुलकोटमा सुनकोसीमा आएको बाढीले राजमार्गसम्मकै होटल पुरिएपछि चार महिना बढी सुनसान रहेको मुलकोट पुरानै अवस्थामा आउन थालेको मुलकोटका होटल व्यवसायीहरु बताउछन् ।

विशेषगरी सोलुखुम्बु र सगरमाथा आवातजावत गर्ने बाह्रय पर्यटकहरुले भरिभराउ हुने मुलकोट बजार बाढी पछि सुनसानझैं थियो । करिब पाँच महिनापछि ठुला रिर्सोटहरु सञ्चालनमा आएसँगै यस क्षेत्र पुरानै लयमा फर्कदै गएको हो ।

बाढीको वितण्डासँगै पुरिएको मुलकोटको सुन्दरता पुन पुरानै अवस्थामा फर्कदै गएको वडा अध्यक्ष सुरध बसेल बताउनु हुन्छ । मुलकोटका होटलहरु पुर्ण रुपमा सञ्चालनमा आएपनि विपी राजमार्ग क्षतविक्षत भएकाले स्थानिय व्यवसायीहरु बर्षायाममा व्यवसाय कसरी चलाउन सकिन्छ भन्ने चिन्तामा छन् ।

तर्सथ मुलकोटको सौन्यदर्यतालाई कायम राख्न विपी राजमार्ग समेत पुरानै अवस्थामा आउनु पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.