पर्यटन महोत्सवमा लाखौँको कारोबार

हजारौँ दर्शकले गरे अवलोकन

नुवाकोट-  पर्यटन तथा खेल पर्यटनको मूल उद्देश्यसहित नुवाकोटको पिपल टारमा जारी प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सवमा विविध कार्यक्रमहरू सञ्चालन गरिएको छ । गीत, सङ्गति, नृत्य, हास्य प्रहसन, खेलकुदका विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएका छन् ।
पिपल टार फुटबल क्लबको आयोजनामा सञ्चालन भएको महोत्सवमा आइतवरसम्म ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनको बजारीकरणका साथै खेल मनोरञ्जनसमेत गरिएका छन् ।
विभिन्न विद्याका राष्ट्रिय तथा स्थानीय स्तरका ५० भन्दा वढि कलाकारहरूले आआफ्नो प्रस्तुति दिइसकेका छन् । महोत्सवमा एक सातासम्म ३० हजार दर्शकले अवलोकन गर्नुका साथै विविध सामग्रीको ५० लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक पिपल टार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो ।
महोत्सवमा गायक नवराज घोरासैनी, कमल खत्री, एलिना चौहान, समीक्षा अधिकारी, ज्योति मगर, राजा राजेन्द्र पोखरेल, सागर यश वाइबालगायत ५० जना भन्दा बढी कलाकारहरूले आआफ्नो प्रस्तुति दिइसकेका छन् । महोत्सव स्थल विदुर नपा ५ स्थित पिलटारमा विभिन्न सामग्रीको स्टलहरूमा ग्राहकहरूले  आआफ्नो रुचिअनुसारका सामग्रीहरू खरिद गरिरहेका छन् ।
महोत्सवमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा मद्दत पुग्नुका साथै खेल र खेलाडीहरूको पहिचान हुने आयोजकले जनाएको छ । नुवाकोटको पर्यटन प्रवर्द्धनमा महोत्सवले सकारात्मक भूमिका खेलेको मन्त्रित्व हितबहादुर तामाङले बताउनुभयो ।
उहाँले नुवाकोटमा प्राकृतिक सम्पदा तथा जलविहारमार्फत पर्यटन प्रवर्द्धन गर्न सके नुवाकोटको मुहार फेरिने बताउनुभयो । तामाङले महोत्सवले खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने कार्यमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
खेलकुद र स्थानीय संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न महोत्सव सफल प्रभावकारी भएको विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले बताउनुभयो।
यही फागुन ७ गतेसम्म सञ्चालन हुने पर्यटन तथा खेलकुद महोत्सवमा  २ सय ५० भन्दा बढी स्टल रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.