किर्गिस्तानलाई १-० गोल अन्तरले हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं-  अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत घरेलु टोलि नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले हराएको हो । नेपालको जितमा एकमात्र निर्णायक गोल विमला चौधरीले गरिन् ।

उनले खेलको ११ औं मिनेटमा गोल गरेकी हुन् । खेलमा नेपालले दबाब राखेपनि थप गोल गर्न भने सकेन । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब अर्को खेल बिहिवार लेबनानसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.