नेपाल र लेवनानबीचको खेल आज

काठमाडौँ- घरेलु टोली नेपालले इन्टरनेशनल वुमेन्स फुटबल च्याम्पियनशीपमा आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अहिले साँझ ६ बजे सुरु हुनेछ ।

सिंगल लिगमा भइरहेको प्रतियोगिता अन्तर्गत पहिलो खेलमा म्यानमारसँग लेबनान ३–१ ले पराजित भएको थियो ।

अर्को खेलमा भने नेपालले किर्गिस्तानलाई १–० को हराएको थियो।

प्रतियोगिताको लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

हालसम्मको नतिजामा समान एक-एक खेल जितका नेपाल र म्यानमार तीन अंकसहित शीर्ष स्थानमा छन् ।

किर्गिस्तान र लेबनान भने अंकविहीन छन् ।

त्यसैले लेबनान प्रतियोगितामा जित्नै पर्ने दबाबमा छ।

यता, नेपाल भने यो खेलमा जितसहित फाइनल यात्रा मजबुत बनाउने रणनीतिका साथ मैदानमा उत्रँदैछ ।

आजको खेलमा नेपाल गत वर्ष साउदी अरेवियामा भएको वाफ च्याम्पियनसिपको नतिजा दोहोर्‍याउन चाहन्छ । त्यसवेला सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.