धादिङ जिल्ला अस्पतालमा बेथिति

धादिङ- सरकारले हरेक  जिल्लामा रहेका सरकारी अस्पतालहरूलाई सेवा चुस्त बनाउनका लागि पटक पटक निर्देशन दिइरहँदा धादिङ अस्पतालको सेवा प्रवाहमा भने अझै कुनै सुधार नभएको बिरामीका आफन्तहरूले गुनासो गरेका छन् । 

 धादिङ अस्पतालले प्रवाह गर्ने सेवामा हुने गरेको ढिलाइ र बेथितिको नियन्त्रण कसले गर्ने भन्ने प्रश्न समेत उपचारमा आएकाहरूले  सम्बन्धित सरोकारवाला निकायसँग गरेका छन् । 

अस्पतालको सेवा सुधारमा न त अस्पताल प्रशासन नै लागि परेको छ न त अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति नै लागेको पाइएको छ । जसले गर्दा पनि अस्पतालले दिने सेवा सुविधामा बेथिति छ ।

अस्पतालले बिरामीको उपचारमा गर्ने गरेको लापरबाही र ढिला सुस्तीका कारण बिरामीको ज्यान समेत जोखिममा रहेको भन्दै तत्काल सुधारको खाँचो उपचारका लागी आएकाहरूले औँल्याएका  छन्

अस्पतालले प्रवाह गर्ने सेवा सुधारमा लाग्नुपर्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले कडाइ गर्न नसक्दा पनि यस्तो अवस्था आएको हो ।

दैनिक तिन सयदेखि चार सयसम्म बिरामीहरू उपचारका लागि आउने यस अस्पतालमा बिरामीहरूका लागी दिइने निःशुल्क औषधिसमेत नपाउने बिरामीका आफन्तहरूको गुनासो छ ।

यसो त अस्पतालले बिरामीलाई निःशुल्क दिनु पर्ने  औषधी समेत बिक्री वितरण गर्ने गरेका छन् ।

 विज्ञ चिकित्सकहरू नियम विपरीत छुट्टीमा बस्ने र निजी अस्पतालमा धाउने गर्दा बिरामीहरूले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

सरकारी अस्पतालमा काम गर्ने कुनै पनि चिकित्सकहरूले कार्यालय समयमा भित्र अन्य निजी अस्पतालमा  काम गर्न नपाउने स्वास्थ्य नियमावलीमा उल्लेख भएको पनि धादिङ अस्पतालमा कार्यरत कुनै पनि प्राविधिक कर्मचारीहरूमा त्यो नियम समेत लागू नभएको पाइएको छ ।

  बिरामीहरूलाई  उपचारदेखि बिरामीलाई गरिने व्यवहारमा समेत कुनै सुधार नभएको भन्दै तत्काल सुधारको खाँचो रहेको स्थानीयको भनाइ छ ।

 अस्पतालका निर्देशक  गगन अधिकारी पनि अस्पतालमा बेथिति मौलाएको  स्वीकार्दै  सुधारको प्रयासमा रहेको बताउँछन ।

धादिङ अस्पतालमा आएका चिकित्सकहरू पनि अस्पतालमा काम गर्ने  वातावरण नभएको भन्दै लामो समय बस्न चाहँदैनन् जसले गर्दा अस्पतालले प्रवाह गर्ने सेवा थप कमजोर बन्दै गएको छ ।

जसले गर्दा अस्पताल दिने सेवामा   हुने लापरबाहीले बेथिति त छँदै छ उपचारमा आएका बिरामीको  ज्यान समेत जोखिममा पर्ने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.