रुखले च्यापेर दैलेखमा दुई जनाको मृत्यु

दैलेख- भैरवी गाउँपालिका-५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।

सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापेर दुवै जनाको मृत्यु भएको स्थानीय देवीराम आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.