इन्डाेनेशिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको छ: मन्त्री पाण्डे 

काठमाडौँ-  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र इन्डिोनेशियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताउनु भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धको छलफलका क्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।

उहाँले नेपाल र फ्रान्सबिच द्विपक्षीय हवाई सम्झौता र समझदारी पत्र संशोधन कार्य अगाडि बढाएको, समेत समितिलाई जानकारी गराउनु भयो ।

छलफलको क्रममा मन्त्री पाण्डेले भन्नुभयो, नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको विकल्प छैन । नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउनका लागि हवाईजहाज खरिद नगरी कुनै उपाय नै छैन ।

नेपाल एयरलाइन्स जति बलियो भयो, जति क्षमतावान् भयो उति नै यसले परिणाम दिने हो । मन्त्री पाण्डेले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठुलो असमानता रहेको उल्लेख समेत गर्नुभयो ।

उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयकहरू मन्त्रीपरिषद्बाट स्वीकृत भई आगामी १४ गते प्रतिनिधि सभामा प्रस्तुत हुने समेत बताउनु भयो ।

मन्त्री पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धनमा मन्त्रीपरिषद्बाट कार्य योजना कार्य योजना स्वीकृत गराई लागू गरिएको समेत जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.