आगलागी नियन्त्रणका सामग्रीहरू हस्तान्तरण

नुवाकोट-  सुख्खायामसंगै नुवाकोटमा आगजनी नियन्त्रण अभियान सञ्चालन गरिएको छ । सरोकारवालमा निकायले आगलागी नियन्त्रणमा सामूहिक एकताको कार्य सुरु गरेका छन् ।

चैत्र, वैशाखमा सुख्खा भई आगजनीका घटना हुने भएकाले समयमै सचेत हुनु पर्ने सरोकारवाला निकायले सामूहिक अभियान सञ्चालन गरेका हुन् । १२ स्थानीय तह रहेको नुवाकोटमा यतिखेर अग्नीरेखा बनाउने र आगजनी हुन नदिने सरसफाइ गर्ने कार्यहरू भइरहेका छन् ।
यसैअन्तर्गत डिभिजन बन कार्यालय नुवाकोटले आगलागी नियन्त्रणका सामग्रीहरू उपलव्ध गराएको छ । कार्यालयले आगजनी नियन्त्रण अभियानका लागि विभिन्न सामग्रीहरू प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा वन कार्यालयले वन डढेलो तथा आगलागी नियन्त्रणका सामग्रीहरू कार्यरत सुरक्षा निकायहरूलाई हस्तान्तरण गरेको हो । डिभिजन वन अधिकृत रोशना पोखरेलले प्रमुख जिल्ला अधिकारी शशि धर घिमिरेलगायत अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.