लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

 सुनसरी-  प्रहरी कार्यालय धरानले लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा धरान उप-महानगरपालिका वडा नम्बर–११, बान डाँडाका ४८ वर्षीय बिरु भनिने वीर बहादुर भुजेलको घरमा छापा मारिएको थियो। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले  घर खानतलासी गर्दा उनको कोठाबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ ३१ वटा प्लास्टिक पोकाहरूमा फेला पारेको छ।

लागू औषधको तौल प्लास्टिकसहित ६.४२ ग्राम (छ ग्राम ४२० मिलिग्राम) र प्लास्टिक बाहेक ३.६६ ग्राम (तीन ग्राम ६६० मिलिग्राम) रहेको पाइएको छ।

पक्राउ परेका वीर बहादुर भुजेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.