नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा कञ्चनजङ्घा हिमाल आरोहण गर्दै

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाको संयुक्त सहभागितामा सन् २०२५ को अप्रिल-मे महिनामा हुने कञ्‍चनजंघा हिमाल आरोहण अभियानको आज भारतको नयाँ दिल्लीमा फ्ल्याग अफ सेरेमोनी सम्पन्न भएको छ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दुवै पक्षका टोली प्रमुखलाई संयुक्त रूपमा झन्डा हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा नेपाली सेनाको तर्फबाट सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाह उपस्थित हुनुहुन्थ्यो। यस संयुक्त हिमाल आरोहण अभियानको फ्ल्याग इन सेरेमोनी काठमाडौँमा सञ्चालन हुने कार्यक्रम रहेको छ।

समारोहमा भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्वि वेदीलगायत भारतका लागि नेपालका राजदूत डा. शङ्कर प्रसाद शर्मा तथा सैनिक सहचारीको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.